Get -(SAMEER)- on facebook

Articals


# जब तपाइले आफ्नो सुनौलो सपना अघि सार्नुहुन्छ
तपाइको सपनालाई सबैभन्दा पहिले तुहाउने काम तपाइकै परिवार र
आफन्तजनबाट हुन्छ । तपाइले 'म केहि गर्छु' भन्दा कसैले
पताउँदै पताउँदैनन । किनकी उनीहरुले
तपाई बच्चा छँदा लडेको पनि देखेका हुन्छन,
रुएको पनि देखेका हुन्छ, नाकमा सिँगान बगाउँदै देब्रे हातले जाँगे
माथि तान्दै दौडेको पनि देखेका हुन्छन । अब त्यस्तो मान्छे 'म
प्रधानमन्त्री हुन्छु' भन्यो भने हाँस्दैनन त ?
तैपनि आफ्नो सपनालाई जीवित राख्नुस, आफन्त र
साथीभाईबाट आफ्नो सपनालाई जोगाउन सक्नुभो भने
सम्झिनुहोस कि ९०प्रतिशत तपाई सफल हुनुभो ।

स्वार्थी प्रेम 

एउटा सानो गाउमा दुई जना प्रेमी,प्रेमिका थिए ।
प्रेमीको नाम थियो शिबु र प्रेमिकाको नाम थियो अनु ।
अप्सोच अनुको आँखाको रोसनि थिएन ।
यि दुई प्रेमी, प्रेमिका एक आपसमा धेरै माया गर्थे ।
यति सम्म कि एक पल पनि छुटिएर टाढा बस्न सक्दैन्थे ।
...शिबु आफ्नो अनुको साह्रै ख्याल गर्थो ।
याँहा सम्म कि अनुलाई खान
खुवाउने, नुहाइदिने, कपडालगाई दिने ईत्यादि ।
एक दिन अनु आफ्नो प्रेमी सँग भनी
अनु : शिबु म तिमीसँग विवाह गर्न चाहान्छु, मलाई अरु केही पनि चाहिदैन ।
तिमी भए पुग्छ,
जिवन् भरी यसरी नै
तिम्रो साथ पाए भने म हरेक दु:ख, शुख हासी हासी काट्नेछु ।
तिमी बिना म मेरो जिवनको कल्पना सम्म गर्न सक्दिन । तिमीनै मेरो आँखाको रोसनि हौ ।
यि सबै कुरा सुनेर शिबुको मन साह्रै खुशी भयो, अनी भन्यो
शिबु : अनु तिमी बाहेक मेरो पनि यो संसारमा को नै छ र ?
तिमी नै हो मेरो आफ्नो भने पनि पराई भने पनि ।
म पनि तिमी बिना एक पल पनि जिउन सक्दिन, तिमीनै हो मेरो अतित, तिमी नै हो मेरो बर्तमान र तिमी नै हुने छौ मेरो भविष्य ।
एक दिन अचानक अनुलाई दुईवटा आँखा मिल्यो । आँखा खोली हेर्दा त आफ्नो अगाडि एउटा अन्धो मान्छेलाई देखि ,त्यो अन्धो मान्छे अरु कोही नभैइ शिबुनै थियो
अनु अचम्म मान्दै एकोहोरो टोलाएर हेरी मात्रा रही ।
शिबु : बिहे गर्छौ म सँग अनु ?
अनु : सरी, शिबु म तिमीसँग बेहे गर्न सक्दिन । तिमी त अन्धो पो रहेछौ ।
तिमीले मलाई कसरी पाल्न सक्छौ र?
यि सबै कुरा सुनेर शिबुको साह्रै चित्त दु:खयो र आँखा भरी आसु पारेर सानो कपिको पानामा
मेरी प्यारी मुटुको धडकन अनु

# अत्यन्त मार्मिक अनि मुटु छुने प्रेम कहानी,

एउटा केटा अनि एउटी केटी एक अर्कलाई खुबै माया गर्दथे,प्रेम गर्दथे ।उनिहरु हरेक समय संगै रहन्थे । बच्चा जस्तै कहिले काँही लड्थे तर एक अर्कालाई मनाइ पनि हाल्दथे । एक पट्टक केटी एक्दम उदास थिइ । केटाले खुशी बनाउनलाई के के गरेन ।कहिले उस्को अगाडी गएर नाचिदिन्थ्यो त कहिले कबुतर बनेर उस्लाईखुशी बनाउनमा लागी परिर्हन्थ्यो ।तर केटी झनै उदास देखिन्थी । अनि केटाले निरास हुँदै सोध्यो ।"तिमी किन आजकाल चेन्ज भाकी छौ किन बोल्दिनौ किन हाँस्दिनौ आखिर तिमीलाई खुशी बनाउनमा मैले के गर्नु पर्छ"? केटी रिसाएझै गरेर"तिमी मर्यौ भने म खुशी हुनेछु"तब केटा निरास मन लिएर घर फर्कियो । भोली पल्ट बिहानै केटी पार्कमा जान्छ ।खुशी भएझै गर्छेघरी मस्किन्छे आफ्नो प्रेमिले कहिँ कतै बाट आफुलाई छक्याएर हेर्दैछेकी भनेर झस्किन्छे पनि । तर उस्को प्रेमी आउँदाइन । तब उनि केटा कै घरमा जान्छिन अनि केटाको कोठामा जान्छिन ।नजिकैको टेबलमा एउटा चिठी छ उनि त्यतै दगुर्छिन अनि हतार चिठी खोलेर हेर्छिन । जहाँ लेखिय्को  हुन्छ"प्रिये सानु U know my habbit म तिमीलाई खुशी देख्न के पो गर्न सक्दिन र माग मात्र हरेक चिज दिनेछु ।तिमीले भन्यौ'तिमी मर्यौ भने म खुशी हुन्छु'हुन देउ त्यो नै सही ! मेरो मायालाई सधै बचाएर राख है अनि अब त कहिले दुखी हुँदैनौ होला नि होईन ? तब केटी भक्कानिएर रुन्छे कराउछे चिच्याउछे तर अब के नैहुन्छ र त्यो समयमा त उस्को प्रेमी उ बाट धेरै टाढा पुगिसकेको हुन्छ ।
                                                                                           

म मौन छु:- एस्को मतलब यो हैन कि मैले केइ भन्नु नै छैन,
म खुशी देखिन्छु :- एस्को मतलब यो हैन कि म सँग कुनै पिडा छैन,
म धेरै हास्छु:- एस्को मतलब यो हैन कि म कुनै कुरालाई गम्भिरतापूर्वक लिन्न ,
म छिटै बिश्वास गर्छु :- एस्को मतलब यो हैन कि तिमीले म सँग जती पनि झुट बोल्न सक्छौ,
म सधै तिम्रो छेउमा बस्दिन्:- एस्को मतलब यो हैन कि म तिमीलाई मायानै गर्दिना ,
म आफ्नो फीलिङ सुनाउदिन :- एस्को मत लब यो हैन कि मसँग कुनै फीलिङ नै छैन , 



# जुन कुरा हुनु छ त्यो कुरा केहि गरे पनि टार्न सकिदैन 


परापूर्व कालमा एकचोटी  एमराज मानिसहरुलाई  लिन एउटा  लिस्ट  लिएर 
पृथ्वीलोकमा आएछन , आउदा आउदै उनि उनको सुचिको पहिलो मानिसकाहा 
आइपूगेछन ,त्यो मानिस एकदम धनि रहेछ , उ आफु नजिकै मिर्त्यु  आएको 
देखेर यमराजलाई बिन्ति गरेछ  मलाई नलैजानूस म अझै धेरै बाच्न चाहान्छु  
तर यमराजले मानेनछन । उनले भनेछन मेरो लिस्ट्मा  तिम्रो नाम नै 
पहिला छ  तेसैले म तिमिलाई छोड्न सक्दिन,तिमी जसरी पनि जानैपर्छ । 
त्यसपछी  त्यो धनि मनिसले  भनेछ  ठिकै छ  यदि मलाई लाने नै भए म 
तपाईलाई केही खानेकूरा बनाउछु  खाएर जाउला । उसले विभिन्न 
परिकारका खोनकूराहरु बनाएर ल्याउछु र यमराजलाई खूवाएछ  ।
 त्यो खाना खाइसकेपछी   यमराज निदाउछन ,त्यहिबेला मौकाको फाइदा 
उठाउदै यमराजको हातमा रहेको नाम लिस्टबाट   आफ्नो सूरुमा रहेको 
नाम लिस्ट  मेटाएछ र अन्त्यमा राखेछ  । केहिबेरमा यमराज बिउझिन्छन  
र त्यो मानिसलाई भनेछन   ठिकै छ  तिमिले मलाई यतिका सम्मानका 
साथ खानेकूरा खूवायौ म तिमिलाई छुट  दिन्छु  र अब मेरो लिस्ट्को  
अन्न्यबाट  मेरो काम सूरु गर्छु  ।

No comments:

Post a Comment