Get -(SAMEER)- on facebook

Tweets


  • आमाले छोरा पसलबाट चामलको बोरा लेइदेन भन्दा लाज लाग्छ भन्ने छोरा गर्लफ्रेन्ड्को पछी पछी लेडिज ब्याग बोकेर हिड्न लजाउदैन | ----@swechhyaraut
  • -टुइटरमा 'नमस्कार' लेख्नु भनेको उत्तानो परेर थुक्नु जस्तै हो... कसैले बाल दिँदैन , अनि आँफैलाइ फिर्ता आउँछ ! :)
  • ---@rocks_pokharel
  • -धनीहरु धरहराको टुप्पोमा बसेर जमिन हेर्छन्... गरिबहरु जमिनमा बसेर धरहरा हेर्छन् ! :)
  • ---@rocks_pokharel
  • -चोकमा मान्छेको टाउको गिड्दा 'समाज'लाई मतलव हुँदैन । तर, चोकमा चुम्बन गर्दा भुकम्पै आएजस्तो हुन्छ ।
  • ---@buddhisagar
  • -मान्छेहरु भनेका Recharge Card जस्तै हुन् .... बाहिर जस्तो देखिए पनि अस्लियत '||||||||||||||||||||' भित्र हुन्छ । खुर्केर हेर्नुपर्छ ! :) ---@rocks_pokharel
  • -जब एउटा हराएको 'कुकुर' फेला पार्नेलाई 10/20 हजारको इनामको घोषणा हुन्छ..तब सोँच्छु "समाजमा कुकुरको मूल्य बढ्यो कि, मान्छेको मूल्य घट्यो ?" ---@raja_sabko
  • -फुल्ने सबै फूल हुँदैनन् । टल्कने सबै मोती हुँदैनन् । बग्ने सबै पानी हुँदैनन् । बोल्ने सबै बाठा हुँदैनन् । नबोल्ने सबै लाटा हुँदैनन् । --@sujway
  • - परीक्षामा फेल हुने दुई कारण––
  • १) विद्यार्थीले प्रश्न नबुझेर
  • २) जाँचकीले उत्तर नबुझेर
  • हामीकहाँ दुई नम्बरीहरू अलि धेरै भइदिए शायद ! --@lendaai
  • -मान्छेहरु रातभरी महँगा-महँगा रक्सिका बोतल आनन्दले रित्याउँछन् । र, बिहान कवाडीलाई खालीबोतल बेच्दा दुई रुपियाँका लागि मन अमिलो बनाउँछन् । ---@buddhisagar
  • जमाना 'कलिको' छ..चाल
  • उल्टो छ..'भ्रष्ट्राचारिलाई' किरा परोस्
  • भनो 'हिरा' परिदिन्छ !! तैट ---@raja_sabko
  • जिन्दगी सल्काएको चुरोट हो रे ताने पनि सकिने नताने पनि सकिने.
  •  ---@babitaThapa3
  • डाक्टरहरु भन्छन्,- ‘कसरत गर्नुहोस् दौडनुहोस् स्वास्थ्य राम्रो हुन्छ’ तर
  • म भन्छु,- "खरायो उफ्रन्छ, दौडन्छ तै पनि जम्मा १५ वर्ष मात्र बाँच्छ "
  •  ---@lonely_aananda
  • प्रेमका लागि मर्नेहरु त आउँछन्, जान्छन् । धर्तिलाई त बाँच्नेहरु चाहिएको छ।
  • ---@buddhisagar
  • एक जमाना थियो मानिसहरु
  • आफ्नो ढोकामा लेख्थे,
  • अतिथि देबो भब:
  • अल्लि पछि"शुभ लाभ"
  • फेरि लेख्थे"यू आर वेलकम"
  • आजकल लेख्छन् "कुकुर देखि साबधान"!! ---@ranabhatdp
  • गरिबका देउता चाडपर्वमा छाला बेरेर गाँजा तानेर झ्याप भएर बस्छन्... धनिका देउता चाडपर्वमा डम्म कपडा र टोपी लगाएर थैला बाँड्दै हिँड्छन् । :) --@rocks_pokharel

  • आफ्नै नामले प्रसिद्द हुनु उत्तम
  • बाबुको नामले प्रसिद्द हुनु मध्यम
  • मामाको नामले प्रसिद्द हुनु अधम
  • ससुराको नामले प्रसिद्द हुनु पत्तुर र खत्तम --@mr_kcz
  • बैंक लुटको दृश्यलाई कथा बनाएर फिल्महरूले करोडौं कमाउँछन्। विचरा त्यही फिल्मको सिको गरेर बैंक लुट्नेहरू जेलमा जाकिन्छन् । ---@santyneupane
  • यादहरूलाई न त इन्स्टल गर्नुपर्ने न त अपडेट नै। पुरानै भर्सनले दरो काम गर्दो रहेछ।
  • ---@dpoudel88
  • एउटा जोक्सले पहिलो पटक जसरी हँसाउन सक्छ त्यही जोक्सले फेरी त्यसरी नै हँसाउन सक्दैन तर एउटा पीडाले पहिलो पटक मात्रै हैन धेरै पटक रूवाइदिनसक्छ ---@dpoudel88

  • पढ्नुपर्छ थाहा छ मलाई तर पढ्दिन, सुत्नुपर्छ थाहा छ तर सुत्दिन। थाहा भको कुरो त गर्न सकिन्न भुत्राको अरू थाहा नभको राम्रो काम गर्न सकिन्छ। ---@dpoudel88


  • विहे नगरेको गर्लफ्रेन्ड र लाईसन्स नभएको बाइक लिएर हिँड्नु उस्तै हो... जहाँ, जस्ले, जतिबेला पनि औँलो ठडाएर 'खबरदार' भन्न सक्छ । :) ---@dpoudel88
  • पढाइमा पैसाको जस्तै साँवाको ब्याज, ब्याजको स्यााज, स्याजको ह्याज हुने भए माँ कसम म आजसम्म साहु भईसक्थेँ॥
  • ---@dpoudel88
  • नेपाली समाजले विधवाले सेतो वस्त्र लगाउने चलन यस कारणले चलाएको छ ताकि आवश्यक परेको बेला सजिलै दाग लगाउन सकियोस। । ---@dotnp
  • जन्माईन आमाले; नाम दिए पण्डित बाले; शिक्षा गुरुले; काम गर्न अरुले सिकाय अनि घाटमा मलामीले लान्छन्‌। के छ आफ्नो यो संसारमा घमण्ड किन गर्नु! ---@meritnp
  • कसको जिबन मा आउनु र जानु ले जिन्दगी रोकीन्दैन.......मात्रै जिबन जिउने तरीका बदलीन्छ......---@sir_rosan
  • 'सम्बन्ध' भनेको बासी दुनोट जस्तो हुनुपर्छ... सितिमिति नचुँडिने । :D ---@rocks_pokharel
  • 'सम्बन्ध' भनेको चप्पल जस्तै हो... यात्राको क्रममा बाटोमै चुँडियो भने घिसारेर भए पनि घरसम्म पुर्याउनुपर्छ । र फुर्सदमा सिलाउनुपर्छ ! :) ---@rocks_pokharel
  • राम्रो मान्छेलाई कैल्यै नराम्रो ब्यवहार गरिएन अनी नराम्रो मान्छेलाई राम्रो ब्यावहार गरिएन :) ---@bau_sab
  • नेपालमा एउटा होइन, हजारौं 'अरब'पति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओच्छ्यानमा सुत्छन् । ---@lendaai
  • साना कुरामा पनि मनमा विश्वयुद्ध चल्छ। प्लेटमा 1टा मात्र म:म को डल्लो छ र बटुकामा अचार सक्कियो भने अचार थपम् कि नथपम्...धर्मसंकट आइलाग्छ। :D ---@rocks_pokharel
  • बरु सँधै पानी परोस्, सँधै हिलो होस्... पैतालामा लागेको हिलो बरु पखाल्न मिल्छ, फोक्सोमा पसेको धुलो पखालौँ कसोरी ? :) ---@rocks_pokharel
  • चोकचोकमा हात्तिपाइलेको ओखती खाने बुथ राख्दा झिँगो पनि जाँदैन...गाँजा,भाँग,धतुरो खान चैँ लाखौँ लाखको संख्यामा पशुपति धाउँछन्! स्वस्थ नेपाल।:) ---@rocks_pokharel
  • 'विहे' भनेको चैँ माईक्रोको उल्टो सिट जस्तै...दुनियाले हेर्दा आनन्दले बसेको छ जस्तो देखिने,तर कति अफ्टेरो छ भन्ने बस्नेलाइ मात्र थाहा हुने!:D ---@rocks_pokharel
  • जिवन 'माइक्रो यात्रा' जस्तै रहेछ... जब सिट पाइन्छ, ओर्लिने ठाउँ आइसक्छ ! :) ---@rocks_pokharel
  • सास फुस्किने गरि फुक्दा पनि जस्को चुलोमा आगो सल्किँदैन... उसैको घर जाबो चुरोटको ठुटोले पनि दन्दनी बल्छ । खरानी हुन्छ ! --@rocks_pokharel
  • फुटेको सिसाका टुक्राहरुमा खाली खुट्टा दौडिँदा...दुखेर असह्य भयो भने रोकिएर लामो शास लिनु बुद्धिमानी हो की झन् चाँढै कुदेर दूरी पार गर्नु? :)-@rocks_pokharel
  • दुधको भाउ बढ्यो, कालो चिया पिएर भए पनि जिवन चल्छ... तर पेट्रोलको भाउ बढ्यो, फ्युल ट्यांकमा पानी हालेर बाइक चल्दैन ! दुर्दशा । :)-@rocks_pokharel
  • सुभास नेम्बाङ यस्ता शिक्षक हुन् जसको क्लासमा बिद्यार्थीहरु सुत्न, हल्ला गर्न, लास्ट बेन्चमा बसेर दोहोरी गाउन र केटीलाई चकले हान्न पाउँछन् ! @manthaa
  • साना कुरामा पनि मनमा विश्वयुद्ध चल्छ। प्लेटमा 1टा मात्र म:म को डल्लो छ र बटुकामा अचार सक्कियो भने अचार थपम् कि नथपम्...धर्मसंकट आइलाग्छ। :D@rocks_pokharel
  • 'जिवन' भनेको सिलौटोमा राखेको लसुनको पोटी जस्तै हो... लोहोरोले बेस्केन हानम् भने उछिट्टिन्छ, बिस्तारै हानम् भने पिस्सिदैन । :) @rocks_pokharel
  • प्रजातन्त्रले राणा उखाल्यो, गणतन्त्रले राजा उखाल्यो... हाम्रो दुर्भाग्य यही हो, 'तन्त्र'हरुले उखाल्यो मात्र केही रोपेन । :)@rocks_pokharel
  • प्रिय! मलाई माया गर्ने धेरै छन् तर 'I love U' भन्ने कोही छैनन्...तिमीलाई 'I love U' भन्ने धेरै छन् तर माया गर्ने कोही छैनन्। कठ्ठै तिमी! :) @rocks_pokharel
  • संसारको सबैभन्दा तितो र सबैभन्दा मीठो स्वाद एउटै चिजमा हुन्छ । मानिसका 'कुरा'मा । @buddhisagar
  • काम बिर्गान कसैलाई सहयोग गर्न नपरोस् । काम सर्पान सबैलाई सहयोग गर्न पाइयोस् ।@buddhisagar
  • लामखुट्टेले पनि रगत चुस्नु अघि एकपल्ट भुनुनु गर्दे सोध्छ । मान्छेले पो हो नसोध्ने ।@buddhisagar
  • मानिसको सबैभन्दा ठूलो दुश्मन आफैभित्र हुन्छ । त्यसलाई जित्नेहरु खुशी रहन्छन् । हार्नेहरु कुन्ठित हुन्छन् । @buddhisagar
  • एउटा बिषयमा जानकार भइयो भने 'गुरु' भइन्छ । सारा बिषयमा आफूलाई जानकार देखाइयो भने 'गोरु' भइन्छ । @buddhisagar
  • चरा उड्न सिकाउँछ। पखेटा सापट दिदैन ।@buddhisagar
  • जसरी रुखबाट झरेको अन्तिम पातले नयाँ पातहरु लिएर आउँछ । त्यसरी भर्खरै छाडेर गएको खुशीले नयाँ खुशीहरु लिएर आउने छ। आँशु पुछ ।@buddhisagar
  • 'प्रेम गर्छु' भनेर पन्छिलाई पिँजरामा राख्दैमा कहाँ हुन्छ प्रेम ? साँच्चिकै प्रेम गर्छो भने पखेटा फिँजाएर उड्न देऊ । @buddhisagar
  • साथमा हुँदा 'पित्तल' लाग्नेहरु, टाढा हुँदा बल्ल 'सुन' लाग्छन्। @buddhisagar
  • परिक्षामा पास भएर जिन्दगिमा फेल हुनुभन्दा, परिक्षामा फेल भएर जिन्दगिमा पास हुनु धेरै उत्तम!!! @dpoudel88
updating....

No comments:

Post a Comment