Get -(SAMEER)- on facebook

Thursday, November 14, 2013

Account's Role in my life

 What comes, I debit.
What goes, I credit.
My mind is my opening stock,
My ideas are my current assets,
Respect is my liabilities,
Happiness is profit,
Sorrow is my loss,
Soul is my goodwill,
Duties are my outstanding expenses,
Friendship is my fixed asset,
Past is my Bad debt,
Present is my share Value,
Future is my Sundry Debtors,
Love is my Income Tax,
Character is my capital,
Good things are my appreciation,
Bad things are my depreciation,
Knowledge is my investment,
My mind is my bank balance,
Thinking is my current account,
Heart is my journal entry,
My aim is to tally the balance sheet,
Death is my closing stock.

                                                                                                   ---Sameer Katel   

मेरा केहि टुइटहरु @Sameerkatel

  • मेरी आमा भन्नुहुन्छ बिरालोले बाटो काट्यो भने रोकिनुपर्छ. . .म रोकिन्छु , म अन्धविश्वास मान्दिन तर म मेरो आमालाई मान्छु :)
  • बिहेमा बुहारिले के के लिएर आई भनेर लुकी लुकी हेर्ने समाज उस्ले के के छोडेर आकी छ भनेर अन्दाज समेत गर्दैन ।
  • जब तिमी ब्लड बैक जान्छौ ,तिमी सोध्दैनौ कि यो कुन जातिका मान्छेको ब्लड हो ....तर अरु समयमा चाहिँ किन तिमी पानीमा पनि फरक देख्छौ ?
  • संसार अचम्मको छ...गरीबहरु गरीबी लुकाउन धनिको जस्तो नक्कल गर्छन ,धनिहरु धन लुकाउन गरीबिको जस्तो नक्कल गर्छन :)
  • GFको सलले पसिना पुछ्यो भने उ भन्छे छि मेरो सल फोहोर भो छोड, तर आमाको पछ्यौराले पुछ आमाले भन्छिन छि यो फोहोर छ,पख म एउटा सफा तौलिया ल्याउँछु।
  • सबै बाउआमाले छोरीलाई भन्छन आफ्नो घरको ईज्जत नफाल ..तर छोरालाई चै किन भन्दैनन कि उरुको ईज्जतसँग खेलबाड नगर भनेर ?
  • दशधारा दुध चुसाएर हुर्काको छोराले बृद्दा आश्रम लखेट्दा पनि छुट्टिने बेला "बाबु सधै खुशी हुनु" भनेर आशिश दिने आमालाई सोध ममता के हो भनेर :)
  • जिन्दगी मोबाईल हैन जहाँ तिमी छानि छानि सयौ गित सुन्न सक्छौ . . .यो त रेडियो हो , यसमा जुन गित आँउछ त्यसैमा रमाउन जान्नु पर्छ :)
  • बाआमा खेतमा डल्ला फुटाउछ्न, केटाकेटी क्यान्डिक्रसमा जेलि फुटाउछ्न,युवाहरू खाडिमा मुटु फुटाउछ्न, नेताहरु देशमा कुर्सी फुटाउछ्न :(


  • Female मा पनि male हुन्छ,Woman मा पनि man हुन्छ,She मा पनि he हुन्छ,त्यसैले,केटाबिना केटीहरु अधुरा छन :D
  • जिवनमा सिकाईको अन्त्य कहिलै हुदैन जब कुनै ठाँउमा चोट खाईन्छ बल्ल थाहा हुन्छ कि सिक्न धेरै बाँकि छ भनेर :)
  • केटि-मेरो लागि के गर्न सक्छौ ? केटा-सबैथोक । केटि-मेरो लागि बाउआमा छोड्न सक्छौ?केटा-सरी ! नयाँ मन्दिर देख्दैमा म भगवानलाई छोड्न सक्दिन :)
  • मान्छेहरु भन्छ्न,जिवनमा कोहि एउटाले छोडेर जादैमा जिन्दगी रोकिन्न ,तर यो कुरा कोहि महसुस गर्दैन कि अरु लाखौ भेटिदा पनि उसको कमि पूरा हुदैन ।
  • मन पराउनु र माया गर्नु फरक फरक कुरा हुन ...मन पराउने मान्छेले गमलाको फुल टिपेर हिड्छ भने माया गर्ने मान्छेले त्यसमा पानी लगाउछ :)
  • फुल फुल्ने बोटलाई सिजन चाहिदैन,दुई मुटुको मिलन हुन रिजन चाहिदैन,मनले मनलाई बुझ्नु नै मायाको परिक्षा हो,पास भए पुग्छ डिभिजन चाहिदैन ।


  • झरिरन्छ आँसु यो आँखालाई कुलो बनायौ सानु , बलिरन्छ आगो यो छातिलाई चुलो बनायौ सानु,  सिसै त हो मुटु कुनै बेला फुट्छ प्रहार गरेपछि,  खसिरन्छ टुक्रा यो मुटुलाई धुलो बनायौ सानु !

  • समयको नातागोता, साथीभाइ, ईष्टमित्र कोही हुँदैन... त्यसैले ऊ कहिलै अल्झिदैन, रोकिदैन। सँधै अघि बढिरहन्छ! :)
  • सफलताले एस्तो गीत गाओस कि तेस्लाई दुश्मनले पनि "रिंगटोन" राखोस!! 
  • मुटुको धड्कन अनि स्वास तिमि हौ ! जीवन जिउनुको आभास तिमि हौ ! शंकै छैन मलाई त जित्छु भन्नेमा सफलताको आत्मविश्वास तिमि हौ !!
  • म निकै राम्रो छु भनेर कहिल्यै पनि घमण्ड नगर, छाला जति नै सेतो भएपनि छायाँ त आखिर सबैको कालै हुन्छ :)
  • मान्छेको मुखबाट 'मुस्कान' छिनिदिएपछि बाँकी केही छिन्नु पर्दैन- बाँकी संपुर्ण कुराहरु आफै छिनिन्छन् ।
  • म वास्ता गर्दिन जसले मलाई पिडा दियो , टुक्रायो वा समाज को सामु तल गिरायो ..!!  म महत्व राख्छु जसले फेरी मलाई त्यो अवस्था बाट मुस्कुराउन सिकायो, बाच्न सिकायो ..
  • जब एउटा हराएको 'कुकुर' फेला पार्नेलाई 15/20 हजार इनामको घोषणा पत्रपत्रीकामा आँउछ....तब मेरो दिमागमा एउटै कुरा आँउछ "समाजमा कुकुरको मूल्य बढ्यो कि, मान्छेको मूल्य घट्यो ?
  • पिंजडा सुनकै किन नहोस तर "आनन्द" जतिसुकै प्रदूषित हावा भएनी खुल्ला आकाश मै हुन्छ :)
  • कमाउँछु भनेर हिडेकी चेली वेश्या बन्न वाध्य हुनु, मोज गर्छु भनेर हिडेको छोरो भाँडा माझेर बस्नु नेपालीको नियति नै हो . .दोष कसैको होइन आफ्नै हो !
  • नेपाली समाजले विधवाले सेतो वस्त्र लगाउने चलन यस कारणले चलाएको छ ताकि आवश्यक परेको बेला सजिलै दाग लगाउन सकियोस
  •  मानिसहरु छाँया जस्तै हुन ...उज्यालोमा हुन्जेल साथमा हुन्छन, अध्याँरोमा परेपछि साथ छोडिहाल्छन :)
  • पैसा भन्दा समय धेरै महत्वपुर्ण छ ...पैसा धेरै कमाउन सकिन्छ तर समय धेरै पाउन सकिदैन त्यसैले समयको सदुपयोग गरौ :)
  • संसार अचम्मको छ कहि मानिसहरु खाना पचाउनको लागि कोषौ टाढा हिड्छन,कहि खाना खोज्नको लागी कोषौ टाढा भौतारिन्छन :)
  • सानो हुदाँ हामी पेन्सिल ले लेख्थौ, अहिले पेनले लेख्छौ किनकी सानो हुदाँ गरेको गल्ति मेटिन्छ तर ठुलोमा गरेको गल्ति मेट्न सकिन्न :)
  • अर्काको पिडा कसैले देख्दैन ,अर्काको आशु कसैले देख्दैन तर अर्काको गल्ती चै सबैले देख्छन :)
  • अचम्म छ -- ज्युदोछदा पानी पनि नसोध्नेले मरेपछी खिरै खिरको पिण्ड पल्टाउछँन्..बाचुन्जेल एउटा धजोपनि नसोध्नेले मरेपछी शैयादनमा लाखौ लुटाउछँन :)
  • तपाईं प्रत्येक मुस्कानमा भगवानलाई धन्यवाद दिनुहुन्न भने तपाईंको प्रत्येक आँशुमा भगवानलाई गाली गर्ने अधिकार छैन :)
  • १ कक्षा देखि अहिले सम्म सयौ परिक्षा दिईयो तर पनि अनुभबी हुन सकिएन. .यत्रो परिक्षाको सामना गर्दा पनि प्रत्येक परिक्षा दिनु अगाडि मुटुले ठाउँ छोड्न खोज्छ :)
  • महिला श्रीमती मात्र होईनन,एक आमा पनि हुन र छोरी पनि हुन सबैलाई पवित्र नजरले हेर्ने गरौ :)
  • जिन्दगीमा कहिलै पनि फुल मात्र लिन्छु भन्ने हठ गर्नुहुन्न त्यो फुलसगै काडा पनि आउन सक्छ त्यसलाई पनि स्विकार गर्नुपर्छ :)
  • आफु एक पाईला अघि बढ्यो भने अरु मानिसहरु रोकिए भन्ने सोच्नु हुदैन । सबै मानिसहरु आ आफ्नो गतिमा चलायमान हुन्छन :)
  • दु:ख ,मेहनत गरेर पढ्ने मान्छे बल्लबल्ल एउटा अफिसको अफिसर हुन्छ तर जो पढ्न छाडेर राजनितिमा लाग्छ उ मन्त्री हुन्छ अनि कसरी हुन्छ अनि नेपालको विकास ?
  • जिन्दगीको सबैभन्दा खुसिको क्षण त्यो हो जुन तपाईले गरेको कामले तपाईको बाबु आमा सम्मानित हुन्छन :)
  • कमाउँछु भनेर हिडेकी चेली वेश्या बन्न वाध्य हुनु, मोज गर्छु भनेर हिडेको छोरो भाँडा माझेर बस्नु नेपालीको नियति नै हो . .दोष कसैको होइन आफ्नै हो ।
  • जिन्दगी अचम्मको छ, हामी जे चाहान्छौ त्यो हुदैन,जे पाउछौ त्यसमा हामी सन्तुष्ट छैनौ,जे आशा गर्छौ त्यो पाउदैनौ जे घ्रिणा गर्छौ त्यो दोहोरिन्छ :)
  • जसरी धन फलाउनलाई धन नै रोप्नुपर्छ त्यसरी नै ज्ञान फलाउनलाई ज्ञान नै रोप्नुपर्छ,एउटा मुर्ख मान्छेलाई जतिसुकै धन लगानी गरे पनि ज्ञानी हुदैन :)
  • तपाईको रिसलाई यस्तो महङ्हो बनाउनुस कि कसैले पनि लिन नसकोस तर माया र दयालाई यस्तो सस्तो बनाउनुस कि सबैले लिन सकुन :)
  • हरेक राम्रो कुराको पनि नराम्रो पक्ष हुन्छ र हरेक नराम्रो कुराको पनि राम्रो पक्ष हुन्छ,त्यसैले सबैकुराको राम्रो पक्षलाई मात्र अगालौ :)
  • सबै मानिसको जिवनमा सुख र दुख दुवैै हुन्छन, दुखमा आत्तिहाल्ने र सुखमा मातिने मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन :)
  • पैसा भन्दा समय धेरै महत्वपुर्ण छ ...पैसा धेरै कमाउन सकिन्छ तर समय धेरै पाउन सकिदैन त्यसैले समयको सदुपयोग गरौ :)
  • कुनै कुरामा पनि Scope हुदैन,यो मानिस आफैमा हुन्छ, Scope खोज्नु पहिले आफैमा Scope खोजौ म के को लागि Fit छु भनेर :)
  • कसैसग केहि कुराको वाचा गर्न सजिलो छ ,त्यसलाई बिचमै तोड्न झन सजिलो ,तर गारो भनेको अर्काले दिएको वाचा आफुले पुरा गर्न हुन्छ :)
  • सुन्दर वस्तु भनेको हेर्नको लागी मात्रै हो तर वास्तवमा हामिलाई चाहिने भनेको प्राक्टिकल लाइफमा फिट हुने वस्तु नै हो चाहे त्यो सुन्दर नहोस :)
  • जिन्दगी साइकल चलाए जस्तै हो राम्रोसग हेन्डल समातेर अगाडीमात्र हेरेर हिड्नुस साइकल दौडन्छ ,दायाबाया ,पछाडि तिर हेर्न लाग्यो भने लड्छ :)
  • कुनै काम सुरु गर्नु पुर्व असम्भव झै लाग्छ,सुरु गरेर आधा गरेपछि गर्न सकिन्छ जस्तै लाग्छ,सकेपछि यस्ता अरु धेरै काम गर्न सकिन्छ जस्तो लाग्छ :)
  • विश्वास भनेको ईरेजर जस्तै हुन्छ तपाईको प्रत्यक झुट सगै यो खिईदै जान्छ र अन्त्यमा समाप्त हुन्छ :)
  • सबै गुण भएको मान्छे खोज्दा वास्तविक माया गर्ने मान्छे नगुमाउनुहोस किनकी सबै गुणै गुणको मान्छे संसारमा कतै पाईदैन,यो केवल शब्दमा मात्र हुन्छ..:)
  • सम्बन्ध एक किताब जस्तै हो यो लेख्न्न बर्ष लाग्छ तर जलाउन १ सेकेन्ड पनि लाग्दैन :)
  • बाचुन्जेल चाहि मान्छे आफ्नो जिन्दगी राम्रो बनाउने कोशिस गर्दैन तर मरेपछि स्वर्ग जान पाईयोस भनेर दान,धर्म,जप,तप गरेर बस्छ :)
  • I Do र I Wiil Do मा धेरै फरक छ यदि तपाई सफल हुन चाहानु हुन्छ भने हरेक काममा I Do को सिद्दान्त प्रयोग गर्नुहोस :)
  • धेरै मान्छेहरु आफ्नो पिडा अरुलाई सुनाउदैनन,पिडा सहिरन्छन,कति सहन नसकि आत्महत्या गर्छन किनकि उनिहरु सोच्छन यो उरुले बुझ्न सक्दैनन :)
  • कसैसग सम्बन्ध जोड्नुअघि१० चोटि सोचौ
  • र जोडिसकेपछि तोड्नुअघि२० चोटि सोचौ किनकि तपाईको गलत बुझाईले राम्रो सम्बन्ध तोडिएर पश्चताप गर्नु पर्ला :)
  • एनिहाउ पैसा कमाउ भन्ने अवधारणाले गर्दा आज बाउले छोरी बेच्दैछ,छोराले बाआमालाई मार्दैछ त्यतिमात्र हैन आफै पनि आफ्नोअङ्ग बिक्री गर्दैछ मान्छे:)
  • आफु सानो हुदा केहि कुरा कसले सिकाईदेला भन्ने हुन्छ, जब सबै कुरा जानिन्छ बुढेसकाल हुन्छ, कोहि आफ्ना कुरा सुनिदिने मान्छे नै हुदैन :)
  • कसैले पिटेको बनेको घाउ केहि छिन पछि निको हुन्छ तर कसैले वचनले पिटेर बनाएको घाउ जिवनभर बिझाईरहन्छ ..।
  • बुद्धि बेचेर खानेहरु अमेरिकातिर, श्रम बेचेर खानेहरु अरबतिर, एकछाक खानेहरु गाँउतिर , आलोकाचो खानेहरु शहरबजार तिर :)
  • यदी तिमी कसैलाई धोका दिनमा सफल भयौ भने यो नसोच कि उ कती मुर्ख थियो , बरु यो सोच कि उसले तिमीलाई कती बिश्वास गरेको थियो :)
  • अचम्म छ. . म्युजिकमा टुटेको दिलबाट मात्र राम्रो संगित निस्कन्छ र जाँचमा छुटेको च्याप्टरबाट मात्र मुख्य प्रश्न निस्कन्छ :D
  • आँफुसग भएको कुरा सधै वास्तविक भन्दा कम मुल्याङ्कन गर्नुस र आफ्नो दायित्वलाई सधै वास्तविकता भन्दा बढि मुल्याङ्कन गर्नुस :)
  • साचो प्रेम भनेको भुत जस्तै हो यसको बारेमा सबैले कुरा गर्छन तर थोरैले मात्र वास्तविक रुपमा देखेका हुन्छन :)
  • मानिसहरु कोहि साथीले गल्ति पत्ता लगाईदियो भने त्यो साथीलाई परिवर्तन गर्छन तर आफुलाई परिवर्तन गर्दैनन :)
  • यदि तपाई कुनै ठुलो काम गर्न सक्नुहुन्न भने साना साना कामहरुलाई कुशल तरिकाले सम्पन्न गर्न कोशिस गर्नुहोस :)
  • भगवानमा विश्वास गर्नेले यो सम्झनुस कि भगवानले कुनै दिन दुखीहरुलाई खानाको व्यवस्था गर्देला तर मुखमै लगेर खुवाईदिन्न :)
  • आफु उकालो चढ्दै गर्दा भेट हुने मानिसहरुलाई राम्रो व्यावहार गरौ ,किनकी हामी ओरालो मा झर्दै गर्दा भेट हुने मानिसहरु पनि तिनै हुन :)
  • संसारमा मानिसहरु यति धनि छैनन कि माया लाई किन्न सकुन र यति गरीब पनि छैनन कि यसलाई लिलामी गरुन :) कामले काम सिकाउछ,दामले दाम कमाउछ भने जस्तो कुरा मायामा लागु हुदो हो त कति मान्छे आफुलाई एकदमै सुन्दर लागेको,मन पराएको मान्छे पाउथे होलान :)
  • पढाई लोडसेडिङ्ग जस्तै हो जब पढ्ने समय हुन्छ पढ्न मन लाग्दैन,पढाईको आवश्यकतै हुदैन, तर जब आवश्यकता हुन्छ अनि पढ्न खोज्दा समय नै हुदैन :)
  • ठुलो चिज पाएपछि सानो सानो चिजलाई नबिर्सिनुस किनकी सियोको काम तरबारले गर्न सक्दैन :)
  • मान्छेहरु आफु चै अर्कालाई राम्रो व्यवहार गर्दैनन तर अर्कोले चै आफुलाई राम्रो गर्दियोस भन्ने चाहान्छन ।
  • जिवन बचाउने डाक्टर जिवन नै समाप्त पार्छन,शिक्षा दिने मास्टर रिसले फेल गराउछन,सुरक्षा दिने प्रशासन लालचले अपराधिलाई छोड्छन, हामी को असल छौ ?
  • जीवनको सबैभन्दा ठुलो अपराध कसैको आखाँमा आसु तपाईंको कारणले हुनु, जीवनको सबैभन्दा ठुलो उपलब्धी कसैको आखाँमा आसु तपाईंको लागि हुनु :)
  • कोहि मानिसले कुनैबेला तपाईसग राम्रो गरेन भनेपनि उसगको सम्बन्ध नटुटाउ,कहिलेकाही मोबाईल पनि चाहेको बेला काम गर्दैन तर हामि त्यसलाई फाल्दैनौ :)
  • साथी जस्तोसुकै असल, नजिकको भएपनि परिवार जत्तिको हुदैन :)
  • आफुलाई आवश्यक परेको बेलामा काम चलाउने वस्तु र काम चलाउन सहयोग गर्ने मानिस अरु बेला जतिसुकै राम्रो लाग्ने वस्तु वा मानिसभन्दा महान हुन्छन :)
  • मान्छे पाएको सानो अवसरलाई सदुपयोग गर्दैन त्यो भन्दा ठुलो अवसर कुरेर बस्छ तर कुर्दा कुर्दा अन्तमा त्यो सानो अवसर पनि उसले गुमाईसकेको हुन्छ :)
  • जिवनमा हामी अर्कालाई ठुलो काम गरेर देखाउन नसकेपनि सानो सानो कामलाई कुशल तरिकाले गर्न अवश्य सक्छौ :)
  • हाम्रो दिमागमा २ भाग हुन्छन एउटाले हो भनेर निश्चित गराएपनि अर्कोले सधै सङ्का गरिरहन्छ :)
  • मान्छे कसैले कुनै गलत काम गर्यो भने किन गर्यो भनेर बुझ्न खोज्दैनन ,जसरी भएनी उसलाई सजाय दिनमात्र खोज्छन ।
  • जिन्दगी अचम्म छ कहिले त्यहि कुराले खुसि बनाउछ कहिले दुखी,सबै प्रयोग गराईमा भर पर्दो रहेछ :)
  • हामी एउटै आकाशमुनि जन्मिएका छौ एक अर्कामा रिस,भेदभाव किन?आफु सरह सम्झ,तिमिलाई दुख्दा अरुलाई पनि दुख्छ,तिम्रो आसु झर्छ भने अरुको पनि झर्छ :)
  • लोभ,घ्रिणा,रिस सबै क्षणिक चिजहरु हुन एकचोटी एकान्तमा बसेर आफ्नो आत्मालाई सुन्नुस आफुलाई पछुतो लाग्छ :)
  • संसारमा हरेक वस्तुको स्रिजना दुई चोटि हुन्छ पहिलो दिमागबाट र दोस्रो वास्तविकता बाट :)
  • जिवनमा सफल हुने कुनैपनि एक्ज्याक्ट फर्मुला छैन,काम गर्ने हो, काम सिक्ने हो अनि सफल हुने हो :)
  • जिन्दगी एक खेल जस्तै हो ,खेल खेल्दै नखेली जितिन्छ कि हारिन्छ भन्ने कुरा पहिलेनै ठ्याक्कै थाहा पाउन सकिदैन :)
  • संसारमा हरेक वस्तुको स्रिजना दुई चोटि हुन्छ पहिलो दिमागबाट र दोस्रो वास्तविकता बाट :)
  • जिवनमा कसैलाई दिने सबैभन्दा ठुलो उपाहार माया हो ,यो सबैलाई दिनुस तर सबैबाट पाउने आश नगर्नुस :)
  • असफलताले कोसिस नगर्नेलाई हराउँछ तर कोसिस गर्नेलाई जिताउछ :)
  • हामी सबै मानिसबाट कुनै न कुनै नयाँ कुरा सिक्छौ कुनै रमाईला कुनै नरमाईला,जिन्दगी चलाउन दुवै कुरा आवश्यक छन :)
  • नारी एक श्रीमती मात्र होईनन एक आमा पनि हुन,एक छोरी पनि हुन र दिदि बहिनि पनि हुन सबैलाई एउटै नजरले नहेरौ :)
  • गणितले हामिलाई जोड्न र घटाउन मात्र सिकाउदैन, यसले हरेक समस्यालाई धेरै तरिकाले हल गर्न सकिन्छ भन्ने पनि सिकाउदँछ :)
  • सबै मानिससँग पिडा हुन्छन, मात्र व्यक्त गर्ने तरिका फरक-फरक हुन, कसैले आँखामा पिडा लुकाउँछन भने कसैले मुस्कानमा :)
  • संसारमा सबै मानिसहरु एउटै हुदैनन ,एउटाले चोट दियो भनेर सारा संसारलाई नै दोषी ठहर्याउनु हुदैन :)
  • माया बिना विश्वास सम्भव छ तर विश्वास बिना माया गर्न असम्भव छ :)
  • मानिसहरु सधै जिवनमा फेल हुन्छन किनकी उनिहरु सधै उरुको लाईफ स्टाईल चोर्न खोज्छन तर आफ्नो हैसियत बिर्सिन्छन :)
  • म्युजिक मात्र यस्तो चिज हो जुनको कुनै साईड ईफेक्ट छैन, कुनै उमेरको बन्देज पनि छैन र भाषा बुझ्नु जरुरी पनि छैन :)
  • अहिले सम्म खर्च गरेको पैसा एक ठाउँमा जम्मा गरेको भए समुन्द्रमा घर बनाउन नसके पनि जमिनमा चै पक्कै बन्थ्यो होला :D
  • नेटले गर्दा संसार कति सानो बनाएको छ जस्तो लाग्छ, तर एउटा हराएको प्लेन यतिका दिनसम्म नभेट्दा संसार कति विशाल रैछ जस्तो लाग्छ :)
  • अहिले सम्म खर्च गरेको पैसा एक ठाउँमा जम्मा गरेको भए समुन्द्रमा घर बनाउन  नसके पनि जमिनमा चै पक्कै बन्थ्यो होला :D
  • विगतलाई सम्पादन गर्न,मेटाउन सकिदैन यसलाई मात्र स्विकार गर्न सकिन्छ :)
  • हामी कुनै मानिसलाई घ्रिणा गर्छौ किनकी हामी उसलाई बुझ्दैनौ , हामी उसलाई झन बुझ्दैनौ किनकी हामी उसलाई घ्रिणा गर्छौ :)
  • मानिसहरु किताब जस्तै हुन,बाहिरी कभर राम्रो भए भित्र नराम्रो भएपनि पढ्न खोज्छन, तर नराम्रो छ भने भित्र जति राम्रो भएपनि हेर्न खोज्दैनन :)
  • तपाईको सुखमा रमाउनेहरु धेरै हुन्छन तर पिडामा छटपटाउने तपाईमात्र हो :)
  • सन्तुष्टि सबैभन्दा ठुलो कुरा हो । आफुसँग जस्तै राम्रो कुरा भएपनि सन्तुष्टि छैन भने अरुकै मात्र राम्रो लाग्छ, तर आफुसँग भएको सानो चिजमा पनि सन्तुष्टि छ भने बाहिरको कुरा जतिसुकै राम्रो होस मतलब लाग्दैन :)
  • पेट्रोलको मुल्य बढ्यो ,खाध्यान्नको मुल्य बढ्यो, मान्छेको मुल्य बढ्यो तर विडम्बन‍ मान्छेको बुद्धि कहिल्यै बढेन :)
  • संसारमा हजारौ बाटा छन,एक बाटो हिड्दा गन्तव्यमा पुग्न सकिएन भने अर्को बाटो हिड्दा अवश्य नै पुग्न सकिन्छ,तर यात्रा निरन्तर जारी राख्नुपर्दछ :)
  • मानिसको जिवनमा हरेक कुराको सिमा हुन्छ त्यहि सिमाभित्र असिमित सम्भावनाको खोजि गर्नुपर्छ :)
  • सबै मान्छे रुन्छन महिलाहरु ठाँउ कुठाउ रोईदिन्छन तर पुरुष भने धैर्यता पुर्वक एकान्तमा रुन्छन, कारण जे होस मानिस आफ्नो गल्ति सम्झेर रुन्छन :)
  • हामी एउटै आकाशमुनि जन्मिएका छौ एक अर्कामा रिस,भेदभाव किन? आफु सरह सम्झ,तिमिलाई दुख्दा अरुलाई पनि दुख्छ,तिम्रो आसु झर्छ भने अरुको पनि झर्छ :)
  • सम्बन्धहरु सगै कति समय बितायो सग मतलब राख्दैन ,त्यसको जग कति बलियो थियो त्यो सग मतलब राख्छ :)
  • सानो हुदाँ हामी पेन्सिल ले लेख्थौ, अहिले पेनले लेख्छौ किनकी सानोमा गरेको गल्ति मेट्न सकिन्छ तर ठुलोमा गरेको गल्ति मेट्न सकिन्न :)
  • जिवनमा सिकाईको अन्त्य कहिलै हुदैन जब कुनै ठाँउमा चोट खाईन्छ बल्ल थाहा हुन्छ कि सिक्न धेरै बाँकि छ भनेर :)
  • मैनबत्ति बाल्न सलाईको आवश्यकता पर्छ तर त्यसलाई निभाउन केहि चाहिदैन. . . .जे कुरापनि बनाउन अर्काको साथ चाहिन्छ तर बिगार्न कोहि चाहिदैन :)
  • कोहि मानिसहरु सँग पनि सबै राम्रो कुरा हुदैन तर सबै मानिसहरुसँग कुनै न कुनै राम्रो कुरा हुन्छ :)
  • सफल हुने तरिका ठ्याक्कै कसैलाई थाहा छैन तर असफल हुनुको कारण सबैलाई खुसि बनाउन खोज्नु हो :)
  • जिवनमा धेरै मानिसहरुसग भेट हुन्छ, तिनिहरु सबै राम्रा नहुन सक्छन तर यदि तपाई राम्रो हुनुहुन्छ भने अरुलाई पनि राम्रो बनाउन सक्नुहुन्छ :)
  • कोहि मानिसहरु सँग पनि सबै राम्रो कुरा हुदैन तर सबै मानिसहरुसँग कुनै न कुनै राम्रो कुरा हुन्छ :)
Updating...

No comments:

Post a Comment