Get -(SAMEER)- on facebook

Monday, August 12, 2013

tweet

सबैभन्दा विश्वसनीय र म कस्तो छु भनेर हेर्ने माध्यम ऐना हो। ऐनाले त दायाँको बायाँ, बायाँको दायाँ देखाईदिन्छ अरूको के बिश्वास॥ @dpoudel88
गुलेली ठिक्क तन्किदा अरूलाई प्रहार हुन्छ अत्याधिक तन्किएपछि अरूलाई हैन आफैलाई आत्मघाती प्रहार हुन्छ॥
@dpoudel88
चप्पल फाटोस, जुत्ता फाटोस, लगाएका लुगा फाटुन् तर दिल कहिल्यै नफाटोस, दिल फाट्यो भने सिलाउन खोज्दा झन् सियोले घोच्छ !!!@dpoudel88
प्रेमी प्रेमिका: मेरो दिलको खाली पानामा तिम्रै नाम लेखियो। म: दिलमा एउटा मात्र खाली पाना भए पो पूरै नोट बुक नै अट्ने होला। #झुठा कुरा!@dpoudel88

कुरा गर्ने मान्छेको अभाव छैन यहाँ, तर पुरा गर्ने मान्छेको ज्यादै अभाव छ।@dpoudel88


जीन्दगी आफ्नो हो, जीउने तरिका आफ्नै छन्...त्यसैले ए समाज ! समयले झैँ नबाध कसैलाई ।@raja_saboko

कसैले खुर्पा लिएर लेखेट्दा मात्र डर लाग्छ र... माया लाग्ने मान्छेले चक्कुले तरकारी काट्दा पनि उसको हात काट्छ कि भनेर पनि डर लाग्छ नि । :) @rocks_pokharel
खाइ पिइ मोज गरेर बचेको पैसालाई 'बचत' भनिन्छ..नखाइ नखाइ लोभ गरेर बचाएको पैसालाई आफुमाथी गरिएको 'पाप' भनिन्छ. @drishhya
धनीको जुत्ता ट्वाक् ट्वाक् गर्छ , गरिबको चप्पल प्याट् प्याट् गर्छ ... साला! ध्वनीमा पनि वर्ग विभेद । :)
@rocks_pokharel
रहस्यको गर्भमा छउन्जेल प्रिय बन्न सकिन्छ । जब पर्दाहरु उघ्रिन्छन व्यक्तित्व, प्रवृत्ति र चाहनाहरुका तब प्रियहरु पनि अप्रिय लाग्छन । @bichaari

No comments:

Post a Comment